अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न ३ युवायुवती पक्राउ

  शुक्रबार ११, जेठ २०८१ ०६:४७

अत्तरिया । कैलालीको अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न ३ युवा युवती पक्राउ परेका छन ।

बिहिबार साँझ गोदावरी नगरपालिका – २ अत्तरिया स्थित डोटी दिपायल होटलबाट प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न २ युवक र १ युवतीलाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय मालाखेती अपराध अनुसन्धान शाखाबाट खटिएको बिशेष टोलीले उनीहरुलाई अनैतिक क्रियाकलाप गराएको अवस्थामा फेला पारी पक्राउ गरेको जनाइएको छ । 

पक्राउ पर्नेमा होटल सञ्चालक सहित २ पुरुष र महिला १ रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

clock शुक्रबार ११, जेठ २०८१ ०६:४७

प्रतिक्रिया