सुदूरपश्चिम घर भएका मेजर देउवा सगरमाथाको चुचुरोमा

  शुक्रबार ११, जेठ २०८१ ०६:३६

धनगढी । सुदूरपश्चिमस्थित डडेल्धुरा घर भएका नेपाली सेनाका मेजर गजेन्द्र देउवाले सगरमाथा आरोहण गरेका छन्। 

नेपाली सेनाको मुस्ताङस्थित श्री सैनिक उच्च शिखर शिक्षालयमा दरबन्दी भएका देउवाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका हुन्।

उनले एकल रुपमा सगरमाथाको सफल आरोहण गरेर इतिहास रच्न सफल भएको बताए। उनी पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेका हुन्।

डडेल्धुराको अमरगढी नगरपालिका– २ घर भएका देउवाले जेठ ८ गते बिहान ९ः२५ मा सगरमाथाको चुचुरोमा टेकेका थिए।

उनले बैशाख २७ गतेदेखि आरोहणको तयारी थालेकोमा जेठ ५ गते आरोहण सुरु गरी जेठ ८ मा आरोहण भ्याएका थिए।

आफू बुधबारमात्रै बेसक्याम्पमा फर्केको र अहिले पनि सगरमाथा क्षेत्रमै रहेको उनको भनाई छ।

clock शुक्रबार ११, जेठ २०८१ ०६:३६

प्रतिक्रिया