धनगढीको एरिष्टो स्कुलको असल अभिभावकत्व सम्बन्धी प्रशिक्षण सम्पन्न

  शुक्रबार ११, जेठ २०८१ ०६:१३

धनगढी । धनगढी उपमहानगरपालिका – ८ स्थित क्याम्पस चोकमा रहेको एरिष्टो माध्यमिक विद्यालयले असल अभिभात्वक तथा शिक्षक विद्यार्थी प्रशिक्षण कार्यक्रम गरेको छ।  विद्यालयका अभिभावक र शिक्षकहरूको सहभागिता रहेको कार्यक्रममा मोटिभेस्नल स्पिकर एवं ट्रेनर डाक्टर ताराप्रसाद गिरीले प्रशिक्षण दिएका हुन्। 

अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा अभिभावकले बालबालिकासँग गर्नुपर्ने असल व्यवहारका बारेमा बताइएको थियो।

विद्यार्थीको चौतर्फी विकास गर्न कक्षाकोठाको पढाइले मात्रै नपुग्ने भएकाले अभिभावकले समेत बालबालिकालाई मार्गदर्शन गर्नुपर्ने प्रशिक्षक गिरीले बताए। उनले विद्यार्थीमा सक्रिय रहने उर्जा चिन्तनशील हुने तत्परता भर्न अभिभावकको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्।

अभिभावक सक्रिय र सकारात्मक छन् भने बालबालिका समेत सक्रिय र सकारात्मक विचारयुक्त भएका हुने बताउँदै गिरीले अभिभावक नै बालबालिकाको रोलमोडेल हुने बताएका छन्। उनले असल अभिभावकले मात्रै असल बालबालिका बनाउन सक्ने बताएका छन्। 

शिक्षक तथा अभिभावकलाई आफ्नो भूमिका र दायित्वमा प्रष्ट हुने र सोही अनुसारको व्यवहार गर्न सक्ने बनाउन प्रशिक्षण कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।

clock शुक्रबार ११, जेठ २०८१ ०६:१३

प्रतिक्रिया