कैलालीको कुचैनीमा पानी पिउने क्रममा करेन्ट लागेर भारतीय नागरिकको मृत्यु

  बिहिबार १०, जेठ २०८१ ०८:०२

धनगढी । कैलालीमा पानी पिउने क्रममा करेन्ट लागेर एक जना भारतीय नागरिकको मृत्यु भएको छ।

जिल्लाको गौरीगंगा नगरपालिका–३ कुचैनीमा गोदावरी इटा उद्योगमा रहेको बिद्युतिय मोटर जडित नल्कामा पानी पिउने क्रममा भारतको लख्खिमपुर घर भई सोही उद्योगमा काम गर्ने ५५ वर्षीय शिवराज गौतमको मृत्यु भएको हो।

गौतम करेन्ट लागेर गम्भिर घाईते भएको र उनको उपचारको क्रममा सेती प्रादेशीक अस्पताल धनगढी गए राति ११ः ३० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

clock बिहिबार १०, जेठ २०८१ ०८:०२

प्रतिक्रिया