कैलालीको अत्तरीयाबाट लागूऔषधसहित ३ जना पक्राउ

  बुधबार ०९, जेठ २०८१ १२:३९

धनगढी । कैलालीको अत्तरीयाबाट डोटीका दुईसहित ३ जना लागूऔषधसहित पक्राउ परेका छन्।

कैलालीको गोदावरी नगरपालिकाको धनगढी रोडबाट धनगढी उपमहानगरपालिका-३ बस्ने २० वर्षीय रोहन घिमिरे, डोटीको शिखर नगरपालिका-४ बस्ने २० वर्षीय रोशन खड्का र दिपायल सिलगढी नगरपालिका-३ बस्ने १९ वर्षीय ललित नाथ पक्राउ परेका हुन्।

तीनै जनालाई १ ग्राम १०० मिलिग्राम लागूऔषध ९खैरो हेरोईन० र नाईट्राभेट ट्याबलेट–७ सहित मंगलवार नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 
 

clock बुधबार ०९, जेठ २०८१ १२:३९

प्रतिक्रिया