धनगढीमा हरियाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत हुलाकी सडकमा बृक्षारोपण हुँदै

  बुधबार ०९, जेठ २०८१ १२:२७

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा हरियाली प्रवर्धन कार्यक्रम अन्तर्गत बृक्षरोपण लगायतका कार्यक्रम जारी छन् । यस क्रममा मंगलबारदेखि तेस्रो चरणको हरियाली प्रवर्धन कार्यक्रमअन्तर्गत हुलाकी सडकको दुवै किनारामा बृक्षारोपण सुरु भएको छ ।

वडा नम्बर १ मा पर्ने हुलाकी सडक खण्डमा विरुवा रोप्ने काम अघि बढाइएको वडाध्यक्ष सन्तोष मुडभरीले जानकारी दिए ।
वडाध्यक्ष मुडभरीका अनुसार हरियाली प्रवर्धन कार्यक्रमको तेस्रो चरण, खण्ड ‘घ’ हरियाली प्रवर्धन गर्न र पर्यावरणमैत्री शहर बनाउन वृक्षारोपण आरम्भ भएको छ ।

तेस्रो चरणको हरियाली प्रवर्धन कार्यक्रममा विभिन्न प्रजातिका पाँच हजार पाँच सय बढी विरुवा रोप्ने लक्ष्य रहेको छ । यो चरणमा वडा नम्बर १३, धनगढी विमानस्थल जोड्ने सडक, चक्रपथ र वडा नम्बर २ देखि वडा नम्बर १४, फूलबारीसम्मको हुलाकी सडकको दुवै किनारामा वृक्षारोपण गर्ने कार्यक्रम रहेको उपमहानगरपालिकाको कार्यालयले जनाएको छ ।

उपमहानगरपालिकाका अनुसार धनगढी विमानस्थलदेखि ६ लेन सडकसम्म चार सय ५० विरुवा रोपिने छ ।


उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले वृहत वृक्षारोपण अभियानमा सुरुदेखि नै आम नगरबासीलाई सहभागी बनाउने गरिएको बताए । उनले भने– उपमहानगरपालिकाले वृक्षारोपण अभियान’दयगत आह्वान गरेपछि देशभित्र र विदेशमा रहेका नेपालीहरूबाट आर्थिक सहयोग प्राप्त हुने क्रम जारी छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत खातीका अनुसार देशभित्र र बाहिरका नेपालीहरूबाट प्राप्त भएको रकम विरुवा र घेरबार खरिदमा खर्च गर्ने गरिएको छ ।

धनगढी उपमहानगरपालिकाले हरियाली धनगढी सहर नारासहित गत आर्थिक वर्ष २०७९÷८० बाट वृक्षारोपण अभियान अघि बढाएको हो । अहिलेसम्म उपमहानगरपालिका भित्रको ६ लेन सडकको बीच भाग ९मेडियन० र दुवै किनारामा वृक्षारोपण भइसकेको छ । त्यस्तै, क्याम्पस चोकदेखि मनेहरासम्मको हुलाकी सडकमा पनि वृक्षारोपण कार्य पुरा भएको छ । नगरभित्रका भित्री सडकहरूमा समेत बृक्षारोपण भएको छ ।

६ लेन तथा अन्य सडकहरूमा रोपिएका बिरुवाको सुरक्षाका लागि तारजाली ९ट्री गार्ड० को व्यवस्था गरिएको छ । रोपिएका विरुवामा नियमित रुपमा गोडमेल गर्ने, मल हाल्ने, सिँचाईं गर्ने काम भइरहेको छ । हरियाली धनगढी अभियान अन्तर्गत तेस्रो चरणसम्म धनगढीमा ११ हजार ७२४ बिरुवा रोपिने बताइएको छ ।

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा हरियाली प्रवर्धन कार्यक्रम अन्तर्गत बृक्षरोपण लगायतका कार्यक्रम जारी छन् । यस क्रममा मंगलबारदेखि तेस्रो चरणको हरियाली प्रवर्धन कार्यक्रमअन्तर्गत हुलाकी सडकको दुवै किनारामा बृक्षारोपण सुरु भएको छ ।

वडा नम्बर १ मा पर्ने हुलाकी सडक खण्डमा विरुवा रोप्ने काम अघि बढाइएको वडाध्यक्ष सन्तोष मुडभरीले जानकारी दिए ।
वडाध्यक्ष मुडभरीका अनुसार हरियाली प्रवर्धन कार्यक्रमको तेस्रो चरण, खण्ड ‘घ’ हरियाली प्रवर्धन गर्न र पर्यावरणमैत्री शहर बनाउन वृक्षारोपण आरम्भ भएको छ ।

तेस्रो चरणको हरियाली प्रवर्धन कार्यक्रममा विभिन्न प्रजातिका पाँच हजार पाँच सय बढी विरुवा रोप्ने लक्ष्य रहेको छ । यो चरणमा वडा नम्बर १३, धनगढी विमानस्थल जोड्ने सडक, चक्रपथ र वडा नम्बर २ देखि वडा नम्बर १४, फूलबारीसम्मको हुलाकी सडकको दुवै किनारामा वृक्षारोपण गर्ने कार्यक्रम रहेको उपमहानगरपालिकाको कार्यालयले जनाएको छ ।

उपमहानगरपालिकाका अनुसार धनगढी विमानस्थलदेखि ६ लेन सडकसम्म चार सय ५० विरुवा रोपिने छ ।


उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले वृहत वृक्षारोपण अभियानमा सुरुदेखि नै आम नगरबासीलाई सहभागी बनाउने गरिएको बताए । उनले भने– उपमहानगरपालिकाले वृक्षारोपण अभियान’दयगत आह्वान गरेपछि देशभित्र र विदेशमा रहेका नेपालीहरूबाट आर्थिक सहयोग प्राप्त हुने क्रम जारी छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत खातीका अनुसार देशभित्र र बाहिरका नेपालीहरूबाट प्राप्त भएको रकम विरुवा र घेरबार खरिदमा खर्च गर्ने गरिएको छ ।

धनगढी उपमहानगरपालिकाले हरियाली धनगढी सहर नारासहित गत आर्थिक वर्ष २०७९÷८० बाट वृक्षारोपण अभियान अघि बढाएको हो । अहिलेसम्म उपमहानगरपालिका भित्रको ६ लेन सडकको बीच भाग ९मेडियन० र दुवै किनारामा वृक्षारोपण भइसकेको छ । त्यस्तै, क्याम्पस चोकदेखि मनेहरासम्मको हुलाकी सडकमा पनि वृक्षारोपण कार्य पुरा भएको छ । नगरभित्रका भित्री सडकहरूमा समेत बृक्षारोपण भएको छ ।

६ लेन तथा अन्य सडकहरूमा रोपिएका बिरुवाको सुरक्षाका लागि तारजाली (ट्री गार्ड) को व्यवस्था गरिएको छ । रोपिएका विरुवामा नियमित रुपमा गोडमेल गर्ने, मल हाल्ने, सिँचाईं गर्ने काम भइरहेको छ । हरियाली धनगढी अभियान अन्तर्गत तेस्रो चरणसम्म धनगढीमा ११ हजार ७२४ बिरुवा रोपिने बताइएको छ ।

clock बुधबार ०९, जेठ २०८१ १२:२७

प्रतिक्रिया