बैतडीमा एक महिलाको मृत्यु

  बुधबार ०९, जेठ २०८१ ०९:२४

बैतडी । बैतडीमा एक महिलाको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका-६ पौडीकी ६८ वर्षीया बेलु बिष्टको मंगलवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए। 

केही दिन अघि घर नजिकै लडेकी बिष्टलाई मंगलवार असहज भएपछि उपचारका लागि पाटनस्थित एक पोलिक्लिनिकमा ल्याइएको थियो। 

उपचारपछि घर फर्कने क्रममा एक्कासी बेहोस भएर बाटोमा ढलेकी बिष्टको सोही ठाउँमा मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताए। 

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले जानकारी दिए।

clock बुधबार ०९, जेठ २०८१ ०९:२४

प्रतिक्रिया