महाकालीमा बेपत्ता किशोरको खोजीमा गोताखोर परिचालन

  सोमबार ०७, जेठ २०८१ १६:२०

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–९ ढकना स्थित महाकाली नदीमा बेपत्ता भएका किशोरको खोजीमा गोताखोर परिचालन गरिएको छ । नारायणी चौराहा घर भएका १६ वर्षीय विष्णु सुनार जेठ ५ मा नुहाउने क्रममा नदीमा बेपत्ता भएका हुन् ।

उनको खोजीमा नम्बर–७ वैद्यनाथ बाहिनी अत्तरियाबाट गोताखोर सहितको टिम परिचालन गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।

स्याङ्जाको गल्याङ नगरपालिका–५ स्थित कालीगण्डकीमा हामफालेका टेक प्रसाद डुम्रेको अवस्था अज्ञात छ । बालिङ नगरपालिका–१४ घर भएका ५६ वर्षीय डुम्रेको खोजीमा पनि गोताखोर परिचालन गरिएको छ । 

आइतबार बिहान उनी नदीमा हामफालेका हुन् । उनको खोजीमा नम्बर–२४ कालिका गण कास्कीबाट गोताखोर पठाइएको डीएसपी थापाले जानकारी दिए । 

clock सोमबार ०७, जेठ २०८१ १६:२०

प्रतिक्रिया