धनगढी उपमहानगरपालिकालाई प्रकृति संरक्षण अवार्ड

  सोमबार ०७, जेठ २०८१ ०७:५२

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले प्रकृति संरक्षण अवार्ड पाएको छ । उपमहानगरलाई विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपालले वातावरण संरक्षणमा उल्लेख्य भूमिका निभाएको भन्दै प्रकृति संरक्षण अवार्ड प्रदान गरेको हो ।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयका मन्त्री नवल किशोर साह सुडीले एक कार्यक्रमका बिच  धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई अवार्ड प्रदान गरेका हुन । 

डब्लूडब्लूएफ नेपालले आफ्नो ३१ औं स्थापना दिवसका अवसरमा नगद १ लाख सहित अवार्ड प्रदान गरिएको विश्व प्रकृति संरक्षण कोष नेपालले जनाएको छ ।

धनगढीले वातावरण संरक्षणअन्तरगत प्लास्टिक बिक्रीवितरणमा रोक, वृक्षारोपण, पानी पुनरभरण, सर्प तथा जीवजन्तूको सकुशल उद्धार गरि सम्बन्धितको वास स्थानमा छोड्नेलगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

clock सोमबार ०७, जेठ २०८१ ०७:५२

प्रतिक्रिया