पहिलो पटक कैलालीको बुढीतोलामा रक्तदान, ५५ जनाले गरे रक्तदान

  आइतबार ०६, जेठ २०८१ १५:२५

कैलाली । कैलालीको पर्यटकीय स्थल बुढीतोलामा पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना भएको छ ।

बुढितोला गाँउ सुधार समितिको आयोजनामा पहिलो पटक खप्तडमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

स्वस्थ व्यक्तिले रक्तदान गर्दा कुनै असर गर्दैन भन्ने सन्देशका साथै पर्यटकीय स्थल बुढीतोलाको प्रचार प्रचार गर्न कार्यक्रमको आयोजना गरिएको बुढितोला गाँउ सुधार समितिका अध्यक्ष पासाङ तामाङले बताए ।

कार्यक्रममा ५५ जनाले रक्तदान गरेको  अध्यक्ष तामाङले बताए । उनले आगामी दीनमा पनि यस्ता कार्यक्रम आयोजना गर्ने बताए ।


 

clock आइतबार ०६, जेठ २०८१ १५:२५

प्रतिक्रिया