धनगढीको ‘नमस्ते मेयर’ मा पाँच सय १६ गुनासा दर्ता
धनगढी । धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको ‘नमस्ते मेयर’ मा पाँच १६ गुनासा दर्ता भएका छन् । ‘नमस्ते मेयर’ मा हालसम्म ध्वनी प्रदुषण सम्वन्धि एक, वातावरण सम्वन्धि २१, शिक्षासँग सम्वन्धित १५ र सबैभन्दा बढी सडकसँग सम्वन्धित ४६ गुनासा दर्ता भएका छन् ।
त्यस्तै सार्वजनिक यातायातसँग सम्वन्धित चार, खानेपानीसँग सम्वन्धित १०, सार्वजनिक सम्पत्तिसँग सम्वन्धित एक र विद्युतसँग सम्वन्धित १४ गुनासा ‘नमस्ते मेयर’ मा दर्ता भएका छन्। त्यस्तै उपमहानगरपालिकालाई ८ वटा सुझाव समेत दिइएको छ ।
सार्वजनिक निर्माणसँग सम्वन्धित ३, शान्ति सुरक्षासँग सम्वन्धित दुई, उपभोक्ता हित संरक्षण सम्वन्धि ७, नदीजन्य निर्माण सामग्री एक, फोहरमैला व्यवस्थापनसँग सम्वन्धित ११, स्वास्थ्यसँग सम्वन्धित तीन र सडक बत्तीसँग सम्वन्धित पाँचवटा गुनासा ‘नमस्ते मेयर’ मा दर्ता भएका छन् ।
यसैगरी डुबानसँग सम्वन्धित एक, लागुऔषधसँग सम्वन्धित दुई, अस्पष्ट गुनासा ८, ६ वटा गुनासा खारेज, प्रशासनिकसँग सम्वन्धित एक, अन्य तीन, कृषिसँग सम्वन्धित ४ र विवाद एक गरेर गुनासा दर्ता गरिएको छ। जानकारीको माग सम्वन्धित ५ र रोजगारसँग सम्वन्धित ९ वटा गुनासा ‘नमस्ते मेयर’ धनगढीमा दर्ता भएका छन् ।
कुल दर्ता भएका गुनासामध्ये एक सय ९९ गुनासाहरुको सामाधान गरिसकिएको छ । दुई सय ५१ गुनासाहरु समाधानको प्रक्रियामा रहेको उपमहानगरपालिकाले जनाएको छ । ‘नमस्ते मेयर’ मा ६३ महिलाले आफ्नो गुनासो दर्ता गराउँदा पुरुषको संख्या दोब्बर बढी अर्थात एक सय ६२ पुरुषले गुनासो दर्ता गएका छन् ।
प्रतिक्रिया