जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका एक युवकको मृत्यु

  आइतबार ०६, जेठ २०८१ १२:२५

धनगढी । कैलाली प्रहरी हिरासतमा रहेका एक युवकको मृत्यु भएको छ।

भन्सार छलीका सामानसहित तीन गते पक्राउ परेका ३५ वर्षीय धनगढी गाउँका बुद्धीराम चौधरीको मृत्यु भएको हो।

प्रहरीका अनुसार प्रहरी हिरासतमा रहेका चौधरीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कविन्द्र बोहराका अनुसार चौधरी ३ गते भन्सार छलीका सामानसहित पक्राउ परेका थिए।

उनी मदिरा धेरै सेवन गर्ने गरेको बुझिएको छ। आज ९आइतबार० विहान उनको मृत्यु भएको हो।

clock आइतबार ०६, जेठ २०८१ १२:२५

प्रतिक्रिया