सुखडको घोडाघोडी बहुमुखी क्याम्पसका प्राध्यापक बिच वनभोजमा कुटाकुट

  आइतबार ०६, जेठ २०८१ ०८:१४

धनगढी । कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसको वनभोजमा प्राध्यापकहरूले कुटेको भन्दै प्रहरीमा निवेदन परेको छ। वनभोजका लागि शनिवार खानीडाँडा पुगेका प्राध्यापकहरूको बिचमा बिवाद भएपछि कुटाकुटको स्थितिसम्म पुगेको हो।

क्याम्पसका प्राध्यापक विकास गौतमले आफू खाई रहेको बेला उनमाथि तारा नगरका लेखापाल कमल बडुवालले आक्रमण गरेको भन्दै प्रहरीमा निवेदन दिएका हुन्। घोडाघोडी बहुमुखी क्याम्पसको वनभोजमा राष्ट्रिय मावि तारा नगरका लेखापाल कमल बडुवाल र शिक्षक विजय शाहीसमेत थिए।

बहुमुखी क्याम्पसमा अध्यापन गराउँदै आएका केही प्राध्यापकको बडुवा तथा करारमा रहेकाहरूको अस्थायी भएको खुसियालीमा उनीहरूले वनभोजका लागि खानीडाँडागएका थिए। सोही वनभोज कार्यक्रममा प्राध्यापकहरूले मदिरासमेत सेवन गरेपछि आपस्मा विवाद भएको हो। 

बहुमुखी क्याम्पसका उपप्राध्यापक टीका भट्ट, लेखापाल सिद्धराज न्यौपाने र राष्ट्रिय मावि तारा नगरका लेखापाल कमल बडुवाल र शिक्षक विजय शाहीको कुटपिटबाट आफ्नो आँखा र घुँडामा चोट लागेको हुँदा गौतमले प्रहरीमा निवेदन दिएका हुन्। घोडाघोडी बहुमुखी क्याम्पस प्रमुख लक्ष्मी प्रसाद भट्टराईले भने सामान्य विवाद मात्र भएको तर्क गरेका छन्।

clock आइतबार ०६, जेठ २०८१ ०८:१४

प्रतिक्रिया