सुदूरपश्चिम सहित यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

  आइतबार ०६, जेठ २०८१ ०८:०५

धनगढी । जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान गरेको छ।

हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक/दुई स्थानमा मेघगर्जन,चट्याङ्ग,हावा हुरीसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशका पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू(भागका थोरै स्थानहरूमा साथै बाँकी पहाडी भू-भागमा एक/दुई स्थानमा मेघगर्जन,चट्याङ्ग,हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू(भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै आज राती कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

clock आइतबार ०६, जेठ २०८१ ०८:०५

प्रतिक्रिया