पर्यटकीय स्थल खप्तडमा पहिलो पटक रक्तदान
डोटी । ऐतिहासिक पर्यटकीय स्थल खप्तडमा शनिबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाजले पहिलो पटक खप्तडमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
स्वस्थ व्यक्तिले जुनसुकै ठाउामा रक्तदान गर्न सक्छ भन्ने सन्देश दिनका लागि खप्तडमा कार्यक्रमको आयोजना गरिएको समाजका केन्द्रीय अध्यक्ष एवं शतक रक्तदाता प्रेमसागर कर्माचार्यले बताए ।
खप्तडमा ४ जनाले नेपालमै पहिलो पटक ३२ सय मिटरको उचाई रक्तदान गरेका छन् । कार्यक्रममा समाजका केन्ऽीय सदस्यहरु गोविन्द वाग्ले, प्रेम लम्साल र विमल भित्रकोटी तथा शिखर नगरपालिकाका पूर्व नगरप्रमुख सिताराम जीशीले रक्तदान गरेका थिए ।
कार्यक्रमका कांग्रेस डोटीका सभापति नरेन्द्र बहादुर सिंहले ऐतिहासिक खप्तड क्षेत्रमा रक्तदान जस्तो पावन कार्यक्रम गरेर सुदूरपश्चिमको पर्यटन प्रबर्द्धनमा सहयोग पुग्ने बताए ।
प्रतिक्रिया