काफलको रुखबाट खसेर बाजुरामा एक महिलाको मृत्यु

  बिहिबार ०३, जेठ २०८१ १३:३१

बाजुरा । बाजुरामा काफलको रुखबाट खसेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको बुढीगंगा नगरपालिका–६ सायल घर भई बडीमालिका नगरपालिका–८ मार्तडी बस्दै आएकी ६१ वर्षीया मनादेवी भारतीको काफलको रुखबाट खसेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय, बाजुराका अनुसार काफल टिप्न गएकी उनी बुधवार राति अबेरसम्म घर नफर्किएपछि खोजी गर्दा नेपाली सेनाको दुर्गा भञ्जन गुल्म ब्यारेक नजिक रहेको तिलेचौरमा काफलको रुखबाट खसेर मृत अवस्थामा फेला परेकी हुन्।

clock बिहिबार ०३, जेठ २०८१ १३:३१

प्रतिक्रिया