धनगढीमा अटोसहित १२ लाख मूल्यको भन्सार छलीको नियन्त्रणमा

  बुधबार ०२, जेठ २०८१ १७:२२

धनगढी । कैलालीको धनगढीमा अटोसहित प्रहरीले १२ लाखभन्दा बढी मूल्यको अबैध सामान नियन्त्रणमा लिएको छ।

आज (बुधबार) धनगढी उपमहानगरपालिका–५ लब्लिचोकबाट अटोसहित भन्सार छलीका सामान प्रहरीले नियन्त्रणमा लिएको हो। 

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छलेर धनगढीसम्म पुगाएका सामान जफत गरेको छ। 

करिब १२ लाख ९ हजार मुल्यको कुर्ति, साडी, कुर्ति सेट सेण्डो बरामद गरिएको छ।

clock बुधबार ०२, जेठ २०८१ १७:२२

प्रतिक्रिया