धनगढीमा ५ दिने आत्मरक्षा प्रशिक्षक प्रशिक्षण तालिम शुरु

  बुधबार ०२, जेठ २०८१ ०८:१७

धनगढी । धनगढीमा ५ दिने आत्मरक्षा प्रशिक्षक प्रशिक्षण तालिम शुरु भएको छ । प्रहार नेपाल इभेन्ट म्यानेज्मेन्ट एण्ड ट्रेनिङ्ग इन्सच्युडको आयोजनामा प्रशिक्षक प्रशिक्षण तालिम शुरु भएको हो । कैलाली उधोग बाणिज्य सघंको हलमा शुरु भएको तालिमको सामाजिक बिकास मन्त्रालयका सचिव चक्रपाणी पाण्डेले उद्घाटन गरेका हुन् । 

पाण्डेले यो तालिमबाट महिलाहरुमा आत्मरक्षाका लागी निकै बल पुग्ने अपेक्षा लिए । उनले यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्ने बिषयमा जोड दिदै आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । प्रहार नेपाल इभेन्ट म्यानेज्मेन्ट एण्ड ट्रेनिङ्ग इन्सच्युडका अध्यक्ष प्रकास कुमार चन्दले तालिम ५ दिनसम्म चल्ने बताए । 

सुदुरपश्चिमका करिब सबै जिल्लाको सहभागिता तालिममा छ चन्दले भने “५ जना पुरुष र ३५ महिला गरी ४० जनाको सहभागीता रहेको तालिममा आत्मरक्षा सम्बन्धी ज्ञान दिइने छ, हामीले हिसांबाट कसरी जोगिने भन्ने बिषयनै यस तालिममा सिकाइने छन् ।” 

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि न्यायका लागी हामीले सडकमा उत्रिनु परेको थियो तरपनि अझैँ अपराधी पक्राउ परेका छैनन् हो यस्तै घटनाबाट हाम्रा चेलीहरुलाई जोगाउन प्रहार आत्मरक्षा तालिम शुरु गरिएको हो उनले भने “हामी प्रशिक्षक उत्पादन गछौँ र ति प्रशिक्षकहरुले गाउँ गाउँमा गएर तालिम दिनुहुन्छ हालसम्म सुदुरपश्चिममा ३६ हजार महिला हरुलाई तालिम दिइसकेका छौँ, तर यसमा सरकारी लगानी न्युन हुँदा भने अनुसार सबै ठाउँमा तालिम दिन पाएका छैनौँ, त्यसैले हाम्रा चेलीहरु जोगाउन स्थानिय तथा प्रदेश सरकारको बजेट तालिमका लागी छुट्याइनुपर्छ ।”

उद्घाटन कार्यक्रममा नेपाल कराते महासघं सुदुरपश्चिमका अध्यक्ष त्रिलोक पाण्डे, खेलकुद परिषदका सदस्य बहादुर सिहं वड, खेलदकुद महासघं सुदुरपश्चिम सदस्य भरत महत लगायतको सहभागिता थियो भने कार्यक्रमको सञ्चालन यसोदा बरालले गरेकी थिइन् ।

clock बुधबार ०२, जेठ २०८१ ०८:१७

प्रतिक्रिया