कस्तो रहला आज दिनभरको मौसम ?

  बुधबार ०२, जेठ २०८१ ०७:२४


काठमाडौं । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ।

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ।

कोशी प्रदेशको थोरै तथा बागमती, गण्डकी लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागगमा आंशिक बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक(दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

clock बुधबार ०२, जेठ २०८१ ०७:२४

प्रतिक्रिया