चोरी मुद्दामा फरार रहेका कैलालीका रमेश पक्राउ

  मङ्गलबार ०१, जेठ २०८१ १६:३५

अत्तरिया । कैलालीमा एक फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको बर्दगोरिया गाउँपालिका ४ बस्ने २६ वर्षका रमेश चौधरी पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार उनलाई जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा ५० हजार रुपैयाँ जरिबाना सुनाएको थियो । 

फैसलापछि फरार रहेका चौधरीलाई सोमवार इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको टोलीले उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ ।

clock मङ्गलबार ०१, जेठ २०८१ १६:३५

प्रतिक्रिया