खडेरीपछिको वर्षाले डढेलो नियन्त्रणमा

  सोमबार ३१, बैशाख २०८१ १३:३६

बैतडी । लामो समयको खडेरीपछि बर्षा हुँदा सुदूरपश्चिमका किसानहरु खुसी भएका छन् । बर्षा भएपछि मकै छर्न सहज भएको र अन्य बालीनालीहरुमा पनि फाइदा पुगेको बैतडीको दोगडाकेदार गाउँपालिका ३ का किसान फुनडी विष्टले बताउनुभयो ।

 उहाँले भन्नुभयो,” लामो समयको खडेरीपछि भएको आकासेपानीले राहत मिलेको छ, यसले मकै झर्न र अन्य बालीनालीलाई पनि फाइदा पुग्यो।”

लामो समयको खडेरीपछि भएको बर्षाले तरकारी बाली र फलफूल खेतीमा सिँचाइको काम गरेको दार्चुलाको लेकममा किसान मानबहादुर कार्कीले बताउनुभयो। 

मकै छर्न ठिक्क भएका किसानहरु बर्षा भएपछि खुसी भएका छन्। उहाँले भन्नुभयो,” वैशाख अन्तिम तथा जेठ पहिला साता मकै छर्ने गरिएकोमा यो बर्षाले निकै सहयोग पुगेको छ।”

सिँचाइको अभावमा तरकारी बाली र फलफूहरु सुक्न लागेका बेला भएको बर्षाले केही राहत मिलेको बैतडीको दशरथचन्द नगरपालिका १ गुरूखोलाका किसान राजबहादुर टेरले बताउनुभयो। उहाँले भन्नुभयो,”लामो खडेरीले मकै छर्न समस्याका साथै तरकारी र फलफूलका बोटबिरूवा सुक्दै गएको थिए,वर्षाले राहत भएको छ।

clock सोमबार ३१, बैशाख २०८१ १३:३६

प्रतिक्रिया