धनगढीका बिषेश र राजेन्द्र खैरो हेरोईनसहित पक्राउ

  सोमबार ३१, बैशाख २०८१ ०९:२९

धनगढी । कैलालीको धनगढीका दुई युवक खैरो हेरोईनसहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका-१० चकमेलीघाट नजिकबाट सोही ठाउँ बस्ने २२ वर्षीय बिषेश नाथ योगी र २७ वर्षीय राजेन्द्र भाट २४० मिलिग्राम खैरो हेरोईन (लागूऔषध)सहित पक्राउ परेका हुन्। 

आइतवार राति लागूऔषधसहित दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।  

clock सोमबार ३१, बैशाख २०८१ ०९:२९

प्रतिक्रिया