नेपाल मोबाइल व्यवसायी महासंघ सुदूरपश्चिम अध्यक्षमा सापकोटा चयन

  आइतबार ३०, बैशाख २०८१ १७:४०

धनगढी । नेपाल मोबाइल व्यवसायी महासंघको सुदूरपश्चिम प्रदेश अध्यक्षमा सुरेश सापकोटा चयन भएका छन्। शनिवार धनगढीमा भएको  प्रदेश स्तरीय भेलाले सापकोटालाई अध्यक्षमा चयन गर्दै प्रदेश कमिटी गठन गरेको हो।

सामाजिक पहिचान सहितको व्यावसायिक सुरक्षा भन्ने नाराका साथ धनगढीमा सम्पन्न भेलामा नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराई प्रमुख अतिथि थिए।  तदर्थ समितिका अध्यक्ष सापकोटाको अध्यक्षतामा सम्पन्न भेलाले १४ सदस्यीय प्रदेश समिति गठन गरेको हो।

समितिको प्रथम उपाध्यक्षमा गङ्गाप्रसाद दाहाल, द्वितीय उपाध्यक्षमा सुरेश पाठक, महासचिवमा सुरेश बम, सचिवमा दिपक भट्ट र कोषाध्यक्षमा हिमाल लम्साल चयन भएका छन्।

भेलाबाट सदस्यहरूमा क्रमशः धर्मराज जोशी, गणेश बोगटी, ठानसिंह महत, उमेश चौधरी, चन्द्रसिंह धामी, सन्तोष बोहरा, नवीन भट्ट, उमेश वन, दिपक जाग्री, सन्तोष भट्ट, कमल बुढा, सन्तोष जोशी र संगम रावल चयन भएका छन्।

प्रदेश कमिटी गठनसँगै शनिवार नै सन्तोष मण्डल धानुकको अध्यक्षतामा १५ सदस्यीय कैलाली जिल्ला कमिटीसमेत गठन भएको छ।

clock आइतबार ३०, बैशाख २०८१ १७:४०

प्रतिक्रिया