ट्याक्टर दुर्घटना हुँदा धनगढीमा एक जनाको मृत्यु

  आइतबार ३०, बैशाख २०८१ ११:०६

धनगढी । कैलालीको धनगढीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

शनिवार धनगढी उपमहानगरपालीका–१५ कनरीमा ट्याक्टर दुर्घटना हुँदा धनगढी–१३ कैलाली गाउँका २१ वर्षीय समिर रानाको मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका रानाको उपचारको क्रममा मृत्यु भएको हो।

राना सवार से १ त ९७५४ नम्बरको ट्याक्टरको पछाडिको टायर पड्केर ट्याक्टर पल्टिदा उनको टाउको र छातीमा चोट लागेको थियो।

घाइते रानाको उपचारको क्रममा निसर्ग अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर र ट्याक्टर चालक घोडाघोडी–१० का २२ वर्षीय अविशेक चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

clock आइतबार ३०, बैशाख २०८१ ११:०६

प्रतिक्रिया