धनगढीमा नेपाल प्रहरीको आधुुनिक पेट्रोल पम्प सञ्चालन

  आइतबार ३०, बैशाख २०८१ ०९:३५

धनगढी । कैलालीको धनगढीमा नेपाल प्रहरीको पेट्रोल पम्प सञ्चालनमा आएको छ।

धनगढी उपमहानगरपालिका–२ स्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय नजिकै पेट्रोल पम्प सञ्चालन आएको हो। 

पेट्रोल पम्पको औपचारिक उद्घाटन एक महिनाभित्रै हुने प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमका प्रमुख (डीआइजी) रविन्द्र केसीले बताए।

प्रमुख (डीआइजी) केसीका अनुसार सो पम्पसहित धनगढीको प्रहरीको गण र महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयको भवन पनि सँगै उद्घाटन हुने छ। 

नेपाल प्रहरीको कल्याण कोषद्वारा सञ्चालनमा ल्याइएको धनगढीको सो नमूना पेट्रोल पम्पबाट २४ घण्टा सेवा प्रदान गर्ने बताइएको छ।

clock आइतबार ३०, बैशाख २०८१ ०९:३५

प्रतिक्रिया