सुदुरपश्चिमका ३० प्रतिशत बनमा डढेलो

  शुक्रबार २८, बैशाख २०८१ १५:०७

धनगढी । सुदूरपश्चिमको कूल वनको ३० प्रतिशत क्षेत्रमा डढेलो लागेको छ । चैत यता मात्रै सुदूरपश्चिमको कूल वन क्षेत्रको ३० प्रतिशत डढेलोले खाएको हो । सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुका अधिकांश सामुदायिक वन र राष्ट्रिय वन क्षेत्र डढेलोबाट प्रभावित छन् । प्रदेशका सामुदायिक वन र राष्ट्रिय वन क्षेत्रका ९ सय ७५ स्थानमा आगलागी भएको सरकारी तथ्यांक छ । 

प्रदेश सरकारसँग आगो निभाउने उपकरण र जनशक्ती नभएकाले समस्या नियन्त्राण्मा समस्या भईरहेको हो । सुदुरपश्चिमका पहाडी जिल्लाहरु जोड्ने एक मात्रै भिमदत्त पन्त राजमार्गको कैलालीको गोदावरीबाट माथि उकालो चढ्दा आँखा पिरोपिरो हुन थाल्छ । अझै अगाडी बढ्दै गयो भने प्रष्टैसँग देखिने धुवाँ मिसिएको वायु बहन थाल्छ । डाँडैभरि डढेलो सल्कँदा आएको धुवाँले नै यस्तो समस्या देखिएको छ । 

सुदुरपश्चिमका अधिकांंश सामुदायिक वन र राष्ट्रिय वन क्षेत्र डढेलोबाट प्रभावित छन् । डाडैभरी सल्केको डढेलोले पूरै पहाड धुवाँमय बनेको कैलालीको चुरे गाउँपालिकाका वडा नम्बर ५ का स्थानीय वासिन्दा नरवहादुर तामाङले बताए ।पहाडैभरि फैलिएको डढेलोले वन सखाप पार्नुका साथै डढेलोबाट निस्केको धुवाँले अहिले पहाडको मौसम खराब छ । 

अहिले डढेलोबाट निस्केको धुवाँले आँखा पोल्ने तथा चिलाउने रोग समेत देखिएको छ । पछिल्ला दिनमा डाँडैभरि लागेको डढेलोबाट निस्केको धुवाँले टाढासम्म देखिने पहाडी दृश्यहरु धुँवाकै कारण नजिकैको दृश्य समेत देखिन छोडेको छ । जंगलमा डढेलो लगाउँदा चरिचरनका लागि नयाँ घाँस पलाउने भन्ने गलत मानसिकताका कारण स्थानीयले नै जानी जानी डढेलो लगाउने गरेको स्थानीयको भनाई छ । 

जनचेतनाको कमीका कारण बर्सेनी यहाँको जंगल डढेलोले सखाप भईरहेको चुरे गाउँपापलकाका अध्यक्ष चक्र बहादुर बोगटीले बताए । सुदूरपश्चिम प्रदेशको कुल क्षेत्रफल मध्ये ५७ प्रतिशत क्षेत्रफल वनले ओगटेको छ । अहिले मात्रै सुदूरपश्चिमको वन क्षेत्रमध्ये ३० प्रतिशत वन क्षेत्र डढेलोको चपेटामा परेको छ । सुदूरपश्चिमका ९ सय ७५ स्थानमा यो वर्ष आगो लागिसकेको छ । प्रदेशका सामुदायिक वन र राष्ट्रिय वन क्षेत्रका ९ सय ७५ स्थानमा आगलागी भएको सरकारी तथ्यांक छ । 

चैत यता मात्रै सुदूरपश्चिमको कूल वन क्षेत्रको ३० प्रतिशत वन क्षेत्र डढेलोले सखाप भएको प्रदेश बन निर्देशनालय सुदुरपश्चिमका निर्देशक हेमराज बिष्टले बताए ।तराईको जंगलमा लागेको डढेलो निभाउन सहज हुने गरे पनि पहाडी भेगमा लागेको डढेलो निभाउन कठिनाइ हुने गरेको छ । आम नागरिकसम्म जाचेतना नभएकै कारण आगलागीका घटना बढिरहेका छन् । यसले बन जगंल सखाप हुनुका साथै बन बाटै मानव बस्तीसम्म आगो पुग्दा ठुलो जनधनको क्षतीपनि निम्त्याउन सक्छ ।

clock शुक्रबार २८, बैशाख २०८१ १५:०७

प्रतिक्रिया