भरतपुरमा अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी आयोजना हुँदै, तयारी तीव्र

  शुक्रबार २८, बैशाख २०८१ ११:१७

धनगढी । अगामी जेठ १८ गते देखि हुने नेपाल  इन्डिया पोल्ट्री अन्तर्राष्ट्रिय प्रदर्शनीको तयारी तीव्र रूपले भइरहेको छ ।

जेठ १८,१९ र २० गते चितवन प्रदर्शनी केन्द्र भरतपुरमा हुने तीन दिने अन्तर्राष्ट्रिय प्रदर्शनीका प्रदर्शनीमा २२ देश कृषिसँग सम्बन्धित व्यक्तिहरुको उपस्थिति रहने नेपाल पोल्ट्री महासङ्घका केन्द्रीय अध्यक्ष गुणचन्द्र बिष्टले जानकारी दिए ।

किसान, कृषिसँग सम्बन्धित सबै प्रकारका स्टलहरू त्यहाँ राखिने उनले बताए । उनका अनुसार तीन दिनको पाठशाला हुने छ । त्यसमा कृषि वैज्ञानिकहरूले किसान तथा कृषि उद्यमीहरूलाई कृषि प्रविधिको बारेमा जानकारी दिने छन् । 

उक्त प्रदर्शनी निःशुल्क रुपमा अवरोधनको व्यवस्था गरिएको छ । २० लाख भन्दा धेरैले उक्त प्रदर्शनी अवलोकन गर्ने उनको दाबी रहेको छ ।

clock शुक्रबार २८, बैशाख २०८१ ११:१७

प्रतिक्रिया