सुधार केन्द्रमा शाही मृत्यु प्रकरण सञ्चालकसहित १७ जना पक्राउ

  बिहिबार २७, बैशाख २०८१ ०९:३०

धनगढी । कैलालीको एक सुधार केन्द्रमा युवकको मृत्यु प्रकरणमा सञ्चालकसहित १७ जना पक्राउ परेका छन् ।

जिल्लाको घोडाघोडी नगरपालिका(४ भालुफाटामा रहेको नयाँ बाटो पुर्नस्थापना सुधार केन्द्रमा बुधबार राति २५ वर्षीय सुनिल शाहीको मृत्यु भएपछि अुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको हो ।

सुधार केन्द्रका सञ्चालक बल खत्री र सञ्चालक समिति अध्यक्ष होम तामाङसहितका १७ जनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्याल सुखडले जनाएको छ । अरु १५ जना भने सुधार केन्द्रमा राखिएका व्यक्तिहरु हुन् ।

सुधार केन्द्रले शाहीले भाग्नका लागि एक तले भवनको छतबाट बुधबार राति हाम फालेको दाबी गरिएको छ । मृतकका परिवारले घटना शंकास्पद रहेको जिकिर गरे ।

शाहीलाई उनका अभिभावकले गत पुसमा सुधार केन्द्रमा राखेका थिए । उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।

clock बिहिबार २७, बैशाख २०८१ ०९:३०

प्रतिक्रिया