आगामी तीन दिनको मौसम पूर्वानुमान : कहाँ–कहाँ हुँदैछ वर्षा ?

  मङ्गलबार २५, बैशाख २०८१ ०९:४६

काठमाडौं . नेपालमा पश्चिमी वायु, स्थानीय वायु र भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आगामी तीन दिन हल्का वर्षाको सम्भावना रहेको उल्लेख छ। 

मंगलबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग र हावाहुरीसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।  देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको  छ।

राती पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित  मध्यम वर्षाको साथै बाँकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन / चट्याङ्ग / हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको  छ।

बुधबार र बिहीबार पनि पहाडी भु-भागको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको साथै तराईका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।  देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ।

राती कोशी प्रदेश , मधेश प्रदेश,  बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका  थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

clock मङ्गलबार २५, बैशाख २०८१ ०९:४६

प्रतिक्रिया