अछाममा चट्याङ लाग्दा ६ वर्षीय बालकको मृत्यु

  मङ्गलबार २५, बैशाख २०८१ ०९:४२

अछाम । अछाममा गएराति हावाहुरीसँगै परेको चट्याङ लागेर एक बालकको मृत्यु भएको छ। 

जिल्लाको रामारोशन गाउँपालिका–७ सुतार निवासी कमल भण्डारीका ६ वर्षीय छोरा गौरव भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाउको छ।  

घरभित्रै बसेको बेला चट्याङले लाग्दा बालकको घटनास्थलमै मृत्यु भएको हो। चट्याङ लाग्दा रामारोशन ७ कै नयाँ राम भण्डारीको एक भैँसी पनि मरेको छ। 

clock मङ्गलबार २५, बैशाख २०८१ ०९:४२

प्रतिक्रिया