एच आइ भि संक्रमित बालबालिकाहरूलाई गोदावरी नगरपालिकाद्वारा शैक्षिक सामग्री वितरण

  सोमबार २४, बैशाख २०८१ १६:४५

अत्तरिया । कैलालीको गोदावरी नगरपालिकाको अत्तरियामा एच आइ भि संक्रमित तथा प्रभावित बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

शैक्षिक सामग्री वितरण कार्यक्रमममा गोदावरी प्लस की अध्यक्ष पार्वती विक सभापतित्वमा संचालित कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टको प्रमुख आतिथी रहेका थिए । कार्यक्रममै गोदावरी नगरपालिका उप प्रमुख शारदा देवी रोकाया, स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थी,महिला तथा बाल बालिका शाखा प्रमुख गोदावरी खत्री, गोदावरी नगरपालिका नगर प्रवक्ता तथा वडा अध्यक्ष गोपाल दत्त भट्ट लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले भने, एच आइ भि संक्रमित एव् न्यून आय भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दा अध्ययन जारी राख्न सहयोग पुग्ने भएकाले अभियानकै रुपमा यस्ता कार्यक्रम जारी रहने बताए।

पालिकाले एच आइ भि संक्रमित तथा प्रभावित बालबालिकाहरूलाई शैक्षिक सत्रको नयाँ सेसन लागु हुदै गर्दा लदित, गरीवीको रेखामुनी रहेकालाई थोरै रकमको शैक्षिक सामग्रीले केही राहान हुनेमा आफू विश्वस्त रहेको बताएका छन ।

शैक्षिक सामग्री पाएपछि आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई अध्ययन गर्न सजिलो भएको नगर उपप्रमुख शारदा देवि रोकायाले बताईन । सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उनले बताए।

गोदावरी नगरपालिकाको २ लाख ५० हजार आर्थिक सहयोगमा गोदावरी प्लसको सहयोगमा यस पालिका भित्र रहेका ६७ जनालाई शैक्षिक सामग्री वितरण गरेको छ । शैक्षिक सामग्री अन्तर्गत झोला, कापी, डटपेन, सिसा कलम, छाता लगायतको सामग्री वितरण गरिएको थियो।


गोदावरी नगरपालिका भित्र ३०० बढी सदस्य एच आइ भि संक्रमित रहेको जानकारी गोदावरी प्लसको महेन्द्र रावलले बताएका छन् । शैक्षिक सामग्री वितरण वितरण कार्यक्रममा स्वागत मन्तब्य शारदा चिरालले राखेकी थिइन् भने कार्यक्रमको सञ्चालन हेमन्त राज ओझाले गरेका थिए।

clock सोमबार २४, बैशाख २०८१ १६:४५

प्रतिक्रिया