होटेल संघ नेपाल सुदूरपश्चिमको संयोजकमा भण्डारी चयन

  सोमबार २४, बैशाख २०८१ ११:५३

धनगढी । होटेल संघ नेपाल (हान) सुदूरपश्चिम प्रदेशको संयोजकमा दिनेशराज भण्डारी चयन भएका छन्। संघका केन्द्रिय अध्यक्ष बिनायक शाहको सभापतित्वमा आइतवार साँझ भएको कार्यक्रममा साथी होटेलका संचालक भण्डारी प्रदेश संयोजकमा चयन भएका हुन्।

प्रदेशको ५ सदस्यीय शाखा गठन गरिएकोमा अन्य सदस्यमा चौलानी ग्रुपका प्रबन्ध निर्देशक मानसिंह साउद, फ्लोरा होटेलका संचालक पुष्पराज कुंवर, होटेल गंगोत्रीका संचालक जगदीश भट्ट र होटेल डिभोटीका संचालक ज्ञानेन्द्र गुप्ता चयन भएका छन्।

देशका सातै प्रदेशमा संघ बिस्तार गर्ने अभियान अन्तर्गत सुदूरपश्चिम प्रदेशमा समेत संघको शाखा बिस्तार गरिएको हानका केन्द्रिय अध्यक्ष शाहले बताए।

clock सोमबार २४, बैशाख २०८१ ११:५३

प्रतिक्रिया