नवजीवनका अध्यक्ष बम दम्पतीले  वैवाहिक उत्सवमा सडक मानवलाई खुवाए भोजन

  सोमबार २४, बैशाख २०८१ ११:४५

धनगढी । धनगढीको नवजीवन सहकारी संस्थाका अध्यक्ष देवबहादुर बमले मानव सेवा आश्रममा आश्रित सडक मानवलाई भोजन खुवाएका छन् ।

अध्यक्ष बमले आफ्नो ३२ औं वैवाहिक वर्षेगाठको अवसर पारेर आइतबार आश्रममा आश्रित सडक मानव (असहाय) हरूलाई बिहानको भोजन खुवाएका हुन् ।

बम र उनकी धर्मपत्नी सोनादेवी बमले आश्रममै पुगेर उनीहरूलाई भोजन खुवाएको मानव सेवा आश्रमले जनाएको छ ।

बमले आश्रमलाई २०७५ सालदेखि नै विभिन्न ढंगले सहयोग गर्दै आएका छन् ।

उनी सहकारीको अध्यक्ष भएर आएदेखि संस्थाकातर्फबाट समेत मासिक रूपमा आश्रमलाई एक क्वीन्टल खाद्यान्न हस्तान्तरण गर्दै आएको छ ।

clock सोमबार २४, बैशाख २०८१ ११:४५

प्रतिक्रिया