धनगढीमा प्रथम सन्ध्याकालिन सांस्कृतिक मिनी मेला २०८१ हुने

  शनिबार २२, बैशाख २०८१ १२:३६

धनगढी। धनगढीमा पहिलो पटक प्रथम सन्ध्याकालिन सांस्कृतिक मिनी मेला २०८१ हुने भएको छ । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा जेष्ठ १ देखि १५ गते सम्म धनगढी १ खुला मञ्चमा प्रथम सन्ध्याकालिन सांस्कृतिक मिनी मेला आयोजना हुने भएको आज पत्रकार सम्बेलन मार्फत जानकारी गराइएको हो ।

पर्यटन पवर्द्धन, सांस्कृतिक कार्यक्रमद्वारा मानिसलाई स्वस्थ्य,मनोरञ्जन प्रदान गर्ने उद्देश्यले पहिलो पटक प्रथम सन्ध्याकालिन सांस्कृतिक मिनी मेला आयोजना गरिने द टुविन्स अ कम्पीलीट इन्टिचिउट अफ डान्स धनगढीले जनाएको छ । 

आयोजक द टुविन्स अ कम्पीलीट इन्टिचिउट अफ डान्स धनगढीका सञ्चालक केशब बलायरले सांस्कृतिक मिनी मेला दिउँसो ३ देखि राती ८ बजे सम्म सञ्चालन हुने बताए ।

सांस्कृतिक मिनी मेलामा बाल उद्यान (रोटेपिङ्ग, मिक्की माउस, ढुंगापिङ्ग आदि), विविध सांस्कृतिक कार्यक्रम, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, खुला गायन प्रतियोगिताका कार्यक्रम रहने व्यवस्थापक टांसी छिरिङ थापाले बताए । 

यस्तै विभिन्न खानपिनका स्टलहरु, इच्छुक व्यापारिक स्टलहरु, विभिन्न स्टलहरु सह शुल्क रहने व्यवस्थापक थापाले बताए । प्रथम सन्ध्याकालिन सांस्कृतिक मिनी मेलामा प्रवेश निःशुल्क रहेको आयोजकले जनाएको छ ।

clock शनिबार २२, बैशाख २०८१ १२:३६

प्रतिक्रिया