अधिकांश इन्टरनेट सेवा प्रदायकको सेवामा समस्या

  बिहिबार २०, बैशाख २०८१ १७:३६

काठमाडौं । नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकको सेवामा समस्या देखिएको छ ।

ठूला इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक, सुबिसु, भायनेट लगायतमा बिहीबार दिउँसोदेखि समस्या आएको हो। केही इन्टरनेट सेवा प्रदायकको सेवा नै बन्द भएको छ भने केहीको एकदैम सुस्त चलेको छ ।

नेपालका इन्टरनेट सेवा प्रदायकहरुले भारतको एयरटेलबाट लिएको ब्याण्डविथको एक वर्षदेखि पैसा तिर्न नपाएकाले उसले ताकेता गरिरहेको बताएका थिए ।

इन्टरनेट सेवा प्रदायक संघ ९आइस्पान० ले जतिबेला पनि इन्टरनेट सेवा काटिन सक्ने चेतावनी समेत दिएको थियो।

clock बिहिबार २०, बैशाख २०८१ १७:३६

प्रतिक्रिया