कञ्चनपुरका एक जनाको भारतमा सवारी दुर्घटनामा परी मृत्यु

  बिहिबार २०, बैशाख २०८१ १४:३६

कञ्चनपुर। कञ्चनपुरका एक जनाको भारतमा सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।

भारतको ब्याङ्लोरमा सवारी दुर्घटनामा परी कञ्चनपुरको भीमदत्त नगरपालिका(२ का ५२ वर्षीय गुणानन्द जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रोजगारीको सिलसिलामा ब्याङ्लोर पुगेका जोशीको दुर्घटनामा मृत्यु भएको हो। उनको शव ब्याङ्लोरकै एक अस्पतालमा राखिएको बताइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको छ ।

clock बिहिबार २०, बैशाख २०८१ १४:३६

प्रतिक्रिया