धनगढीमा ५२ जनाले गरे रक्तदान
धनगढीमा । धनगढीको निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टरमा भएको रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन् ।
लायन्स क्लब अफ धनगढी हेल्थ एन्ड मेडिको र लियो क्लब अफ धनगढी हेल्थ एन्ड मेडिकोको संयुक्त आयोजना भएको कार्यक्रममा ५२ जनाले रक्तदान गरेका हुन ।
धनगढीका अस्पतालहरुमा रगतको चरम अभाव सृजना भएपछि रक्तदान कार्यक्रमको आयोजना गरीएको हो ।
रगतको अभाबका कारण बिरामीको उपचारमा समस्या हुन थालेपछि लायन्स क्लब अफ धनगढी हेल्थ एन्ड मेडिकोका अध्यक्ष कुबेर शाहिले जानकारी दीए ।
प्रतिक्रिया