कञ्चनपुरको एक घर र अछाममा कुखुरा फर्ममा आगालागी

  सोमबार १७, बैशाख २०८१ ०९:३८

धनगढी । कञ्चनपुरको एक घर र अछाममा कुखुरा फर्ममा आगालागी भएको छ। कञ्चनपुरको बेदकाट नगरपालिका(४ बस्ने बिरेन्द्रबहादुर बिष्टको घरमा आईतवार दिउँसो आगलागी भएको हो। 

आगलागी हुँदा घर पुर्ण रुपमा जलेर अन्दाजी १ लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

यस्तै अछामको ढकारी गाउँपालिका(८ देवल बजार बस्ने परिलाल चौलागाईको समशेर एण्ड प्रतिज्ञा कुखुरा पोल्टि फर्ममा त्रिपुरा सुन्दरी सामुदायिक वनमा लागेको आगोबाट आईतबार आगलागी भएको छ।

आगलागी हुँदा फर्ममा रहेका ४३ दिनका १ हजार २ सय वटा ब्रोईलर कुखुरा, २ क्विन्टल कुखुराको दाना, लत्ता कपडा र उक्त फर्मसमेत पुर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। 

उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 

clock सोमबार १७, बैशाख २०८१ ०९:३८

प्रतिक्रिया