डोटीको जोरायलमा पुरुषको शव फेला

  सोमबार १७, बैशाख २०८१ ०९:३५

डोटी । डोटीको जोरायलमा एक पुरुषको शव फेला परेको छ।

जोरायल गाउँपालिका ६ दह स्थित बाटो नजिक सोही ठाउँ बस्ने ६४ वर्षीय यज्ञबहादुर छेडाल आइतवार मृत अवस्थामा फेला परेका हुन्।

दहदेखि होलिसैन जाने बाटोदेखि अन्दाजी २५ फिट तल खोल्सोमा छेडाल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

घटना बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

clock सोमबार १७, बैशाख २०८१ ०९:३५

प्रतिक्रिया