कञ्चनपुरमा बाघको आक्रमणबाट शुक्लाफाँटाका धामी घाइते, धनगढीमा उपचार हुँदै

  शुक्रबार १४, बैशाख २०८१ १६:१८

कञ्चनपुर । कञ्चनपुरमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटाका रवीन्द्र धामी बाघको आक्रमणबाट घाइते भएका हुन्।

आज (शुक्रवार) बिहान साढे ७ बजेको समयमा घाँसदाउरा गर्न गएका बेला भगवती सामुदायिक वनबाट आएको बाघले उनलाई आक्रमण गरेको प्रहरीले जनाएको छ। 

घाइते धामीलाई उपचारका लागि निसर्ग अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए। घाइतेको अवस्था सामान्य रहेको उनले बताए।

clock शुक्रबार १४, बैशाख २०८१ १६:१८

प्रतिक्रिया