बझाङका कलक चरेशसहित कैलालीको अत्तरियाबाट पक्राउ

  शुक्रबार १४, बैशाख २०८१ ०९:१९

धनगढी । बझाङका एक जना पुरुष चरेशसहित कैलालीको अत्तरीयाबाट पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियाबाट १९८.८७ ग्राम चरेशसहित बझाङको छब्बिस पाथिभरा गाउँपालिका–७ बस्ने ४८ वर्षीय कलक धामी बिहीवार पक्राउ परेका हुन्।

ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–२ अत्तरिया स्थित उनले सञ्चालन गरेको अन्नपुर्ण होटलको भान्सा कोठाबाट चरेस फेला पारी धामीलाई पक्राउ गरेको हो। मालाखेती प्रहरीका अनुसार यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ। 

clock शुक्रबार १४, बैशाख २०८१ ०९:१९

प्रतिक्रिया