सुदूरपश्चिम सहित यी चार प्रदेशमा छिटफुट वर्षाको सम्भावना

  बिहिबार १३, बैशाख २०८१ ०७:५३

धनगढी । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र लुम्बिनी प्रदेशको केही स्थानहरू साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा हावा/हुरीको सम्भावना समेत रहेको विभागले उल्लेख गरेको छ।

बिहीबार राती कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशको बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने छ।

गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक(दुई स्थानमा छिटपुट देखि हल्का हिमपात हुने र तराईका थोरै स्थानहरूमा हावा/हुरीको सम्भावना रहेको पनि विभागले जनाएको छ।

clock बिहिबार १३, बैशाख २०८१ ०७:५३

प्रतिक्रिया