डोटीको बुडरमा ट्याङ्करको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती घाइते

  बुधबार १२, बैशाख २०८१ १५:५५

डोटी। डोटीको बुडरमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन् ।

डोटीको जोरायल गाउँपालिका २ बुडरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार जानकी गाउँपालिका कटासेका ३६ वर्षीय रमेश विकको मृत्यु भएको हो भने उनकी श्रीमती लक्ष्मी विक घाइते भएकी छिन ।

उनीहरु कैलालीबाट डडेल्धुरा तर्फ जाँदै गरेका थिए । आज बुधवार बिहान भीमदत्त राजमार्ग अन्तरगत डडेल्धुराबाट धनगढी तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०४–००१ ख ००१२ नम्बरको तेल बोक्ने खालि ट्याङ्करले सुदूरपश्चिम प्रदेश ०१–०११ प ५२१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारका लागि धनगढी स्थित माया मेट्रो अस्पतालमा ल्याइएकोमा उपचारमा क्रममा रमेशको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । दुर्घटनामा घाइते लक्ष्मीको माया मेट्रो अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

clock बुधबार १२, बैशाख २०८१ १५:५५

प्रतिक्रिया