अत्तरियाको प्रेरणा सपिङ सेन्टरमा आगलागीबाट ४७ लाख बढीको क्षति

  बुधबार १२, बैशाख २०८१ ११:२६

धनगढी । कैलालीको अत्तरियामा रहेको प्रेरणा सपिङ सेन्टरमा भएको आगलागीबाट ४७ लाख बढीको क्षति भएको छ।

आगलागीबाट ४७ लाख ४५ हजार बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। 

मंगलवार राति विद्युतको तार सर्ट भएर आगलागी भएपछि सपिङ सेन्टर जलेर पुर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ।

clock बुधबार १२, बैशाख २०८१ ११:२६

प्रतिक्रिया