धनगढी–३ का ११० जना महिलालाई वडा कार्यालयबाट सहयोग

  बुधबार १२, बैशाख २०८१ ०८:४६

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का ११० महिलालाई सहयोग गरिएको छ। 

वडा कार्यालयले ६० जना सुत्केरी र ५० जना गर्भवती महिलालाई सहयोग गरेको हो। 

गर्भवती महिलालाई एक क्रेट अन्डा, एक पाकेट बदाम र पिस्ता र एक पिस साबुन प्रदान गरिएको छ।

यस्तै, सुत्केरी आमालाई एक क्रेट अन्डा, बच्चालाई मालिस गर्ने तेल, स्याम्पू, स्काप र बेबी पाउडर वितरण गरिएको वडा अध्यक्ष राजबहादुर ऐरले बताए। 

सुत्केरी र गर्भवती आमाको पोषणमा सहयोग पुगोस् भनेर पोषणयुक्त सामाग्री वितरण गरिएको वडा अध्यक्ष ऐरले बताए।

clock बुधबार १२, बैशाख २०८१ ०८:४६

प्रतिक्रिया