डडेल्धुरामा कार दुर्घटना हुँदा पूर्व वडाध्यक्ष भट्टराईको मृत्यु

  मङ्गलबार ११, बैशाख २०८१ १३:३१

डडेल्धुरा । डडेल्धुरामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार जिल्लाको नवदुर्गा गाउँपालिकाबाट फर्किरहेको से१ज २०६७ नम्बरको कार अमरगढी नगरपालिका–७ बिनाउलोमा दुर्घटना भएको हो ।

दुर्घटनामा अमरगढी नगरपालिका वडा नम्बर ७ का केशव भट्टराईको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार सोही ठाउँका चेतराज भट्टराई (रोशन) घाइते भएका छन् ।

उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । डडेल्धुरा अस्पतालका डाक्टर नविन खड्काका अनुसार घाइतेको अवस्था पनि गम्भीर छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

मृतक भट्टराई पूर्व वडा अध्यक्ष पनि हुन् । अघिल्लो निर्वाचनमा पनि वडा अध्यक्षमा चुनाव लडेका उनी पराजित भएका थिए ।

clock मङ्गलबार ११, बैशाख २०८१ १३:३१

प्रतिक्रिया