अदालतबाट दोषी ठहर धनगढीकी एक फरार महिला पक्राउ

  सोमबार १०, बैशाख २०८१ ०८:२४

धनगढी । अदालतबाट दोषी ठहर भएकी धनगढीकी एक फरार महिला पक्राउ परेकी छिन्। धनगढी उपमहानगरपालिका-८ बस्ने ४० वर्षीया चन्द्रादेवी बोहरालाई आईतवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा ५ लाख एक हजार र जाल साक्षी मुद्दामा ८ लाख ६० हजार जरिवाना ठहर भएपछि उनी फरार रहेकी थिइन्। 

पक्राउ परेकी बोहरालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कबिन्द्रसिंह बोहराले बताए।  

clock सोमबार १०, बैशाख २०८१ ०८:२४

प्रतिक्रिया