कैलालीका सिमा क्षेत्रमा सशस्त्र प्रहरीको पैदल गस्ती

  शनिबार ०८, बैशाख २०८१ १६:४१

धनगढी । कैलाली जिल्लाको सिमा क्षत्रेमा सशस्त्र प्रहरीले गस्ती शुर गरेको छ । जिल्लाको १०१ किलोमिटर खुला सिमा क्षेत्रमा सशस्त्र प्रहरीले गस्ती शुरु गरेको छ । जिल्लाका सिमा क्षेत्रमा अपराधिक क्रियाकलाप बढ्न थालेपछि सशस्त्र प्रहरीले गस्ती शुरु गरेको जनाएको छ । ७ दिनसम्म चल्ने प्रदल गस्तीमा सीमा क्षेत्रका सर्वसाधारणलाई सीमामा हुने अपराधका बारेमा जनचेतना पनि दिइने सशस्त्र प्रहरीले जनाएको छ । 

जिल्लाको १०१ किलोमिटर सिमानामा गस्तीका लागी धनगढी उपमहानगरपालिका वडा नम्बर २ देखी शुरु गरिएको हो । धनगढी देखी टीकापुर नगरपालिकाको श्रीलंका टापुसम्मको १०१ किलोमिटर लामो सीमा क्षेत्रमा सशस्त्र प्रहरीले स्पेशल टोली सहितको पैदल गस्ती सुरु गरेको हो ।

गस्ती टोलीले सीमामा हुने अपराध, त्यसबाट बच्ने उपाय, लागुपदार्थको ओसारपसार र त्यसले नेपाली युवाहरुलाई पार्ने प्रभाव, दैबी प्रकोप र त्यसबाट बच्ने उपायका बारेमा सर्वसाधारणसँग अन्तक्रिर्या गर्नेछ ।

‘हामीले सीमामा हुने आपराधिक क्रियाकलाप रोक्न, चोरी तस्करी रोक्न, लागुऔषधको कारोबार रोक्न र दैवि प्रकोपबाट सीमा क्षेत्रका जनतालाई बच्ने उपाय सीकाउनका लागि स्पेशल पैदल गस्ती सुरु गरेका हौं’ सशस्त्र प्रहरी गण नम्बर ३४ हेडक्वार्टर कैलालीका एसपी दलबहादुर पाण्डेले भने ।

सशस्त्र प्रहरीले प्रहरी निरिक्षक पुस्कर बहादुर बमको कमाण्डमा ३५ जनाको हतियार सहितको टोली पैदल गस्तीमा पठाएको हो । उनीहरुले १०१ किलोमिटर लामो सीमा क्षेत्र ७ दिनमा सक्नेछन ।

सीमा क्षेत्रमा हुने अवैध चोरीपैठारी रोक्ने, आगलागी जस्ता विपदमा सहयोग गर्ने र जनचेतना फैलाउने काय यस टोलीले गर्नेछ । ‘कैलालीको त्रिनगर देखि टीकापुरको श्रीलंका टापुसम्म हाम्रो गस्ती रहने छ । गस्ती टोलीले सीमा क्षेत्रमा सबै पक्षसँग समुन्वय गरेर कार्यक्रम गर्ने, सीमाको रक्षा र सुरक्षाका उपायहरु बताउने कार्यहरु पनि गर्नेछ ।

clock शनिबार ०८, बैशाख २०८१ १६:४१

प्रतिक्रिया