इजरायलमा वेपत्ता वीपीन जोशीको सकुशल उद्धार गरिदिन राष्ट्रपतिलाई परिवारको आग्रह

  शुक्रबार ०७, बैशाख २०८१ १६:३२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष इजरायलमा वेपत्ता भएका कञ्चनपुर भीमदत्त नगरपालिकाका वीपीन जोशीको परिवारले छिटो र सकुशल उद्धारका लागि आवश्यक पहल गरिदिन आग्रह गरेका छन्।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार जोशीका आमाबाबुसहितको टोलीले राष्ट्रपति पौडेललाई भेटेर सो आग्रह गरेका हुन्।

सो अवसरमा राष्ट्रपति पौडेलले यसबारेमा आफू चिन्तित रहेको र उद्धारका लागि आफ्नोतर्फबाट सकारात्मक पहल हुने विश्वास दिलाए।

२०८० असोज २० गते इजरायलमा हमासले गरेको आक्रमणमा परी दश नेपालीको मृत्यु भएको थियो भने जोशी सम्पर्कविहिन भएका थिए।

clock शुक्रबार ०७, बैशाख २०८१ १६:३२

प्रतिक्रिया