अपि सैपाल क्याफेले दियो  विजयीता चौधरीलाई साइकल उपहार

  शुक्रबार ०७, बैशाख २०८१ १०:३८

धनगढी। धनगढीमा रहेको अपि सैपाल थकाली खाना घर एन्ड क्याफेको भाग्यशाली उपहार जित्ने कपिलदेव चौधरीलाई साइकल हस्तान्तरण गरिएको छ । 

अपि सैपाल थकाली खाना घर एन्ड क्याफेका का सञ्चालक रामबहादुर बोहराले उनलाई साइकल हस्तान्तरण गरेका हुन् । 

थकाली खाना घरले यही चैत ९ गतेदेखि १६ गतेसम्म होलीको अवसरमा विशेष छुट् सहित खुला गरेको भाग्यशाली साइकल उपहार चौधरीले जितेका थिए ।

खाना घरमा स्पेसल थकाली खाना, कोदो र मकैको रोटी, कोदोको ढिँडो पनि उपलब्ध रहेको छ। 

खाना घरमा मटन र लोकल चिकेन खाना २५० मा खुवाइन्छ भने थकाली खानाको मूल्य ४२०, कोदो र मकैको रोटी, चटनी, साग र मोहीको १७० रुपैयाँ छ। 

होटेलमा बझाङको अर्ग्यानिक मकै र कोदो अनि भाङको चटनी र मोही नास्ताको रूपमा उपलब्ध छ। केही महिना अघि मात्रै धनगढीमा थकाली खाना घर सञ्चालनमा आएको हो।

clock शुक्रबार ०७, बैशाख २०८१ १०:३८

प्रतिक्रिया